शेयर बजारमा २०० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ पुस ७ सोमवार १५:४४
shares

काठमाडौं, ७ पुस । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १३.८८ अंकले घटेर २५८१ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ५१ करोडको कारोबार भएको हो ।
दोहारो अंकले घटेको शेयर बजारमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका हुन् ।
त्यसैगरी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.५८ प्रतिशतका दरले गुमाएका छन् भने स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.५१ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.२० प्रतिशतका दरले गुमाएका छन् भने हिम स्टार ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले ४.३९ प्रतिशतका दरले गुमाएका छन् ।

















