प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ पुस ९ बुधवार ११:२२
4.59K
shares
shares

काठमाडौं, ९ पुस । स्थानीय बजारमा बुधवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार प्रतितोला २ लाख ६७ हजार २ सयमा कारोबार भएको सुनको मुल्य बुधवार ९ सयले बढेर तोलामा २ लाख ६८ हजार १ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मुल्य पनि १६५ रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बुधवार तोलामा ४ हजार ४ सय २० रुपैयाँमा कायम भएको छ ।















