Dhulikhel Eco Banner new

नेपालीले विदेश घुमेर सिध्याए ८३ अर्ब

10.39K
shares

काठमाडौं, २७ असार । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालीहरुले विदेश घुमेरै ८३ अर्ब रुपैयाँ भन्दा बढी सिध्याएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालीहरुले ८३ अर्ब ३७ करोड रुपैयाँ विदेश घुमेरै सकाएका हुन् ।

विदेश घुम्नका लागि खर्च भएको यो रकम अघिल्लो वर्षको तुलनामा १७०.८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ११ महिनाको अवधिमा यस्तो खर्च ३० अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा नेपाल घुम्न आएका पर्यटकबाट नेपालले २५ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षकोभन्दा २८१.३ प्रतिशतले बढी हो । कोभिडका कारण निकै समस्यामा परेको अघिल्लो वर्ष यस्तो आय ६ अर्ब ६९ करोड रहेको रहेको थियो ।

समीक्षा अवधिमा समग्र सेवा आय ९९ अर्ब ९३ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सेवा आया अघिल्लो वर्ष ६३ अर्ब ८९ करोडले घाटामा थियो । विदेश भ्रणमा खर्च भएका रकममध्ये ५९ अर्ब ९९ करोड शिक्षातर्फ खर्च भएको छ । शिक्षा तर्फको यस्तो खर्च अघिल्लो वर्ष २३ अर्ब ४५ करोड रहेको थियो ।