Dhulikhel Eco Banner new

शेयर लगानीकर्ता हरि ढकालसँग हारे पूर्व अर्थमन्त्री र योजना आयोगका उपाध्यक्ष

5.12K
shares

काठमाडौं, ८ मंसिर । मंसिर ४ गत भएको निर्वाचनको अन्तिम परिणाम आउनेक्रम जारी रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको मतगणना कार्य जारी रहेको छ भने केही निर्वाचन क्षेत्रमा अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

यो पटकको चुनावमा चितवनको निकै चर्चा भयो । चितवन क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र योजना आयोगका पूर्व उपाध्यक्ष डा.विश्वनाथ पौडेल उम्मेदवार बने पछि यो क्षेत्रको चर्चा धेरै नै भयो । चितवनमा रवी लामिछानेको उम्मेदवारीले पनि चर्चा अझ बढेको थियो ।

यो क्षेत्रबाट अर्थशास्त्रका जानकार व्यक्तिमध्ये एक जना संसदमा जानबाट बञ्चित हुने निश्चित थियो । तर दुवै जना संसद सदस्य बन्नबाट बञ्चित हुने कुराको कल्पना चुनाव अघि कसैले पनि गरेका थिएनन् होला । एमालेका पाण्डे र कांग्रेसबाट उम्मेदवार भएका डा.पौडेलमध्ये एक जना यो क्षेत्रबाट निर्वाचित हुने सबैको अपेक्षा थियो । तर परिणामा सार्वजनिक हुँदा अवस्था त्यस्तो रहेन् । चितवन १ बाट दुवै जना पराजित भए । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले उनीहरुलाई पराजित गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका हरि ढकालले उनीहरुलाई पराजित गरे । ढकाल शेयर लगानी कर्ता हुन् । ढकालले ३४ हजार १८९ मत प्राप्त गर्दै विजयी हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत पाए भने कांग्रेसका डा. विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।