Dhulikhel Eco Banner new

सीजी इलेक्ट्रोनिक्स : स्थान एक, सामान अनेक

5.64K
shares

काठमाडौं, १५ मंसिर । सीजी ग्रुपले अधिकाशं वस्तुको उत्पादन गर्दै आएको कुरा सबैलाई जानकारी छ । खाद्यान्न देखि विद्युतिय उपकरणसम्म उत्पादन गरिहेको सीजी ग्रुपले नेपालको ठूलो ब्राण्ड हो ।

कुनै पनि व्यापारिले सीजी ग्रुपसँग सिधै सम्पर्क राखेको खण्डमा सबै सामान एक ठाउँमा पाउन सक्ने ग्रुपका बिक्री प्रमुख विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए । उनले ग्रुपले इलेक्ट्रोनिक सामानहरुमा आइरन देखि टीभी, फ्रिज, वासिङ मेसिनसम्म उत्पादन गरेकाले सहजै रुपमा उपलब्ध हुने बताए । सीजीको इलेक्ट्रोनिक सोरुममा प्रवेश गरेपछि किचनमा चाहिने आवश्यक सबै सामग्रीहरु प्राप्त गर्न सकिने उनले सुनाए ।

नेपालीहरुका चाडपर्वहरु पनि भर्खरै सकिएको र त्यस पछि लगतै विश्वकप सुरु भएकाले सीजी ग्रुपले उत्पादन गरेका टीभीको बिक्रीसमेत बढेको उनले सुनाए । अहिले तत्कालका लागि टेलिभिजनको बिक्री बढीरहेको उनको भनाइ छ । चाडपर्वको समयमा बोनस आउने र कम्पनीहरुले पनि छुट दिने कारणले चाडपर्वको समयमा बिक्री बढ्ने गरेको ज्ञवालीले बताए ।

अहिलेको अवस्थामा उपभोक्ताहरु निकै जागरुप भएको भन्दै यसले सामान बिक्री वितरणका लागि पनि सहज हुने गरेको उनको भनाइ छ । साथै आफूहरुले प्रविधिसँग मेल खाने किसिमको उत्पादन ल्याउने गरेको र मूल्य बाहिरकोभन्दा सस्तो हुने भएकाले उपभोक्ताले सस्तोमा गुणस्तरीय सामान उपभोग गर्न पाइरहेको उनले बताए ।

भिडियो