दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन सुरु
वि.सं.२०७९ फागुन २६ शुक्रवार १६:०८
shares

काठमाडौं, २६ फागुन । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय आर्थिक सरोकार समाज नेपाको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको शुक्रबार उद्घाटन गरिएको हो ।
‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नाराका साथ सम्मेलन विभिन्न संघ संस्थासँगको सहकार्यमा आयोजना गरिएको हो । सम्मेलनमा अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चल्ने छ । त्यसका साथै अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायसहित सरकार, राजनैतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिइने आयोजकले जनाएको छ ।
सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्रीहरु, पूर्व अर्थमन्त्रीहरु, राजनीतिक पार्टीका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व उपाध्यक्षहरु, राष्ट्रबैंकका गभर्नर तथा पूर्व गभर्नरहरु, वरिष्ठ तथा उदयीमान अर्थशास्त्रीहरु, बैंकर्स एसोसिएसनका प्रतिनिधि, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका लगायत सरोकारवालको सहभागिता रहने छ ।



















