Dhulikhel Eco Banner new

१५ दिन भित्र लिखित जबाफ पेस गर्न प्रधानमन्त्री प्रचण्डलाई सर्वोच्चको आदेश

5.8K
shares

काठमाडौं, २६ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री प्रचण्डको नाममा आदेश जारी गरेको छ । प्रचण्डलाई १५ दिनभित्रमा आफैं वा कानुन व्यवसायी मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

निवेदकले प्रचण्डलाई तत्काल पक्राउ गरी कारबाही अगाडि बढाउन अन्तरिम आदेश समेत माग गरेका थिए । तर सर्वोच्चले यस प्रकारका कानूनी प्रश्नहरुको निरुपण पूर्ण सुनुवाईको अवस्थामा नै गर्नु मनासिव देखिने आदेशमा उल्लेख छ ।