विदेश भ्रमणमै सकियाे ७६ अर्ब रुपैयाँ
वि.सं.२०७९ चैत २८ मंगलवार १६:१७
shares

काठमाडौं, २८ चैत । चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विदेश भ्रमणमा जानका लागि ७६ अर्बभन्दा बढी रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागनु मसान्तसम्म विदेश भ्रमणका लागि ७६ अर्ब १२ करोड रुपैयाँ खर्च भएको हो ।
यसमध्ये शिक्षातर्पmको व्यय ५४ अर्ब ७० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५० अर्ब ५० करोड रहेकोमा शिक्षातर्फको व्यय ३० अर्ब ३८ करोड रहेको थियो । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा खुद सेवा आय करिब ५० अर्ब रुपैयाँ घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक देशको वर्तमान आर्थिक स्थितिमा नेपालको सेवा क्षेत्रको आयमा ४९ अर्ब ८ करोड रुपैयाँ घाटामा हरेको हो ।
यस्तो आय अघिल्लो वर्षको सोहि अवधिमा ६६ अर्ब २५ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९८.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १८ अर्ब ७० करोड रुपैयाँ रहेको भ्रमण आय ३५ अर्ब १२ करोड पुगेको छ ।



















