Dhulikhel Eco Banner new

वरिष्ठ उपाध्यक्षका लागि दिउसो २ बजेदेखि मतदान सुरु हुने

8.5K
shares

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको मतदान आज दिउसो २ बजेबाट सुरु हुने भएका छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारे ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके पछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

दोस्रो चरणको निर्वाचनमा उमेशलाल र अन्जन श्रेष्ठ बीच प्रतिपस्र्धा हुने छ । पहिलो चरणबाट रामचन्द्र संघई बाहिरिएका छन् । पहिलो चरणमा अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत प्राप्त गरे । त्यस्तै उमेशलाल श्रेष्ठले ३१.५१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरे ।

महासंघको विधानअनुसार एसोसिएटतर्फको मतको भार ३० प्रतिशत हुन्छ भने जिल्ला नगरतर्फको मत भार ५० प्रतिशत र वस्तुगततर्फको मतभार २० प्रतिशत रहने गर्छ ।