Dhulikhel Eco Banner new

सिंहदरबार अनेत्र लैजान बालेनकाे चुनाैति

6.06K
shares

काठमाडौं, ३० चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले सिंहदबार सार्न चुनौति दिएका हुन् ।

काठमाडौंको हितमा काम नगरेको भन्दै सिंहदरबार अनेत्रै सार्दा हुने बताएका छन् । यसमा काठमाडौंवासीका लागि कुनै पनि आपत्ति नहुने उनले लेखेका छन् । ‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति होइन, उनले लेखेका छन् ।