पाउण्ड र युरोको मूल्य घट्दा डलरको बढ्यो
वि.सं.२०८० वैशाख ७ बिहीवार ०८:२४
shares

काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य फेरि बढेको छ । अघिल्लो दिन बढेको डलरको मूल्यमा आज पनि वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन अमेरिकी डलरकोे खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको थियो । त्यस्तै बिहीबारका लागि तोकिएको विदेशी विनियमदर अनुसार पाउण्डको मूल्य सामान्य घटेको छ । आज पाउण्डको खरिददर १६२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५४ पैसा रहेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा रहेको थियो ।
बिहीबार युरोको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३२ पैसा रहेको थियो भने आज खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १३ पैसा पुगेको छ ।
राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ १६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६१ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसा रहेको छ ।



















