Dhulikhel Eco Banner new

डलरको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

4.24K
shares

काठमाडौं, १६ वैशाख । नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । शुक्रबार बढेको डलरको मूल्य शनिबार २ पैसाले सस्तो भएको हो ।

शनिबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम भएको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा रहेको थियो ।

त्यस्तै शनिबार पाउण्डको मूल्य सामान्य घटेको छ । आज पाउण्डको खदिदर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदिर १६३ रुपैयाँ ४६ पैसा रहेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा रहेको थियो ।

शनिबार युरोको विनिमयदर पनि घटेको छ । शनिबारका लागि तोकिएको विनिमयदर अनुसार युरोको खरिदद १४३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २० पैसा रहेको छ । अघिल्लो दिन युरोको खरिददर १४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५४ रुपैयाँ १ पैसा रहेको थियो ।

राष्ट्र बैंकले शनिबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९६ रुपैयाँ १० पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ १३ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ १ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।