Dhulikhel Eco Banner new

को बन्ला लघुवित्त बैंकर्स संघको कावा अध्यक्ष ?

6.07K
shares

काठमाडौं, १५ वैशाख । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माका अध्यक्षको कार्यकाल  वैशाख १७ गते सकिँदै छ । लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका शर्मा लघुवित्तबाट विदा भएसंगै अध्यक्षबाट पनि बिदा हुन लागेका हुन् । शर्माको बहिरगमन पछि संघको अध्यक्ष को बन्ला भन्ने विषयमा अहिले चर्चा सुरु भइसकेको छ ।

सीईओ पदबाट हटेपछि अध्यक्षबाट पनि स्वत हट्नुपर्ने विधान अनुसार शर्मा अध्यक्षबाट विदा हुन लागेका हुन् । शर्मा विदा भएपछि कार्यबाहक अध्यक्ष को बन्छ भन्ने विषय पनि चासोका सात हेरिएको छ । संघको चुनाव हुनका लागि अझै ६ महिना बाँकी रहेको छ । संघको विधान अनुसार उपाध्यक्ष स्वत कार्यवाहक अध्यक्ष बन्नु पर्ने हो । जस अनुसार धौलागिरी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहोरालाई कावा अध्यक्ष दिनु पर्ने हो ।

अध्यक्ष बाट विदा हुन लागेको शर्माले अहिलेसम्म कार्यवाहक कसलाई दिन भन्ने विषयमा निर्णय नभएको बताए । ‘म यहि १७ गतेबाट विदा हुँदै छु । त्यस पछि मात्रै को कावा अध्यक्ष बन्छ भन्ने विषयमा जानकारी हुन्छ,’ उनले भने, ‘कसलाई कावा तोक्ने भन्ने विषयमा अन्योल नै छ । अब कसलाई कावा दिने भन्ने विषयमा कार्यसमितिले निर्णय गर्छ ।’

उपाध्यक्ष मीन बहादुर बोहोराको पनि लघुवित्तमा कार्यकाल सकिन लागेकाले पनि अहिले यो विषयमा यसै भन्न नसकिने शर्माको भनाइ छ । संघको बैठक बसेपछि मात्रै कसलाई कार्यवाहक अध्यक्ष तोक्ने भन्ने विषयमा जानकारी हुने उपाध्यक्ष बोहोराको भनाइ छ ।