बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई सजिलो बनाइदिनु पर्छ : अध्यक्ष गोल्यान
वि.सं.२०८० वैशाख १५ शुक्रवार १७:३४
shares

काठमाडौं, १५ वैशाख । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानले बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीलाई सहज बताइदिनु पर्ने बताएका छन् । शुक्रबार नेपाल व्यवसाय शिखर सम्मेलनको आयोजना सम्बन्धी जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल विजनेश इन्स्टिच्युटको संयुक्त आयोजनामा हुने सम्मेलनले यही वैशाख २४ गते आयोजना हुदैछ । सम्मेलनमा अर्थतन्त्रका क्षेत्रमा देखिएका समस्याहरुको समाधानका उपाएका विषयमा छलफल गर्ने उद्देश्य राखिएको छ ।
अध्यक्ष गोल्यानले अहिलेको अर्थतन्त्रमा देखिएको समस्याका विषयमा सबै जानकार रहेको भन्दै समस्याका विषयमा कुरा नगर्न समेत आग्रह गरे । ‘बैंक वित्तीय संस्थाले बाटो देखाइदिन पर्यो उहाँहरुले सबै कुरा राज्यमाथि, नेपाल सरकार माथि र नेपाल सरकारको कर्मचारी माथि राखेर हुँदैन, हामी सबैजनाले हातेमालो गरेर अघि बढ्नुपर्छ,’ उनले भने ।
पत्रकार सम्मेलनमा परिसंघका उपाध्यक्ष भोज बहादुर शाहाले देशको अर्थतन्त्र सुधार गर्नका लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् । देशको अर्थतन्त्र सुधारका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गुर्न पर्ने उनको भनाइ थियो । ‘यदि तपाईहरु आफ्नो देशको अर्थतन्त्र सबल भएको हेर्न चाहनुहुन्छ भने अर्थतन्त्रलाई अगाडी बढाउन कसैलेपनि अप्ठ्यारो नमानेर काम गर्नुहोस्,’ उनले भने । अन्य देशबाट आयात हुने वस्तु र नेपालमा उत्पादन हुने वस्तु उत्पादसँग प्रतिस्पर्धा गर्दा नेपाली उत्पादन पछि परेको उनको भनाइ छ ।



















