Dhulikhel Eco Banner new

अहिलेको अवस्थामा बजेट ल्याउनु निकै कठिन काम हो : अर्थमन्त्री महत

5.02K
shares

काठमाडौं, ३० वैशाख । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिलेको अवस्थामा बजेट ल्याउने निकै कठिन भएको बताएका छन् । शनिबार आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव संकलन कार्यक्रम’ मा अर्थमन्त्री महतले अहिलेको विकराल अवस्थामा बजेट ल्याउन निकै कठिन भएको बताएका हुन् ।

‘अहिले सिमित स्रोत साधनका कारण बेजेट ल्याउनका लागि निकै कठिन छ । अहिले ठूलो आकारको बजेट ल्याउन सक्ने सम्भाना छैन,’ उनले भने ‘अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा राजश्वको न्यूनता देखिएको छ । विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन् ।’
अर्थतन्त्र सुधारका लागि सरकार र अर्थमन्त्रीका रुपमा आफूले अधिकतम प्रयास गरिरहेको उनको भनाइ छ । उनले अर्थतन्त्र सुधारका लागि जादु गरे जस्तो आजको भोलि नतिजा नआउने भन्दै यसका लागि धैर्यता आवश्यक रहेको पनि बताए ।

‘धैर्यता नागरिकले गर्ने तर सरकारले प्रयास नगर्ने भन्ने हुँदैन । अर्थतन्त्र सुधारका लागि राज्य संरचनाको सम्पूर्ण प्रयास रहने छ,’ उनले भने । अहिले सार्वजनिक ऋणको साँवा ब्याजको दायित्व निकै बढेको अर्थमन्त्री महतको भनाइ थियो । भूकम्पपछिको पुनर्निर्माणका लागि लिएको ऋणको साँवा अर्को वर्षबाट तिर्नुपर्ने दायित्व आएको भन्दै बजेट विनियोजनमा कुशलता र कार्यान्वयनमा क्रियाशीलताका लागि पनि सरकारको जोड उनको भनाइ छ ।