Dhulikhel Eco Banner new

डलरको भाउ स्थिर, पाउण्ड र युरोको घट्यो

4.07K
shares

काठमाडौं, १ जेठ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने पाउण्ड तथा युरोको मूल्य घटेको छ । अघिल्लो समेत स्थिर रहेको डलरको मूल्य सोमबार पनि स्थिर रहेको छ भने अघिल्लो दिन स्थिर रहेको पाउण्ड र युरोको मूल्य आज केही घटेको हो ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम भएको छ । आइतबार पनि डलरको सटही दर सोही रहेको थियो । त्यस्तै आइतबार स्थिर रहेको पाउण्डको मूल्य सोमबार सामान्य घटेको छ । पाउण्डको खरिददर १६३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६४ रुपैयाँ १७ पैसा रहेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६५ रुपैयाँ १७ पैसा रहेको थियो । त्यस्तै सोमबार युरोको मूल्य पनि घटेको छ । अघिल्लो दिन १४३ रुपैयाँ ११ पैसा खरिदद र १४३ रुपैयाँ ७७ पैसा बिक्रीदर रहेको युरो आज १४२ रुपैयाँ ३२ पैसा खरिद र १४२ रुपैयाँ ९७ पैसामा बिक्रीदर कायम भएको छ ।

राष्ट्र बैंकले सोमबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ८० पैसा र बिक्रीमा ९७ रुपैयाँ २५ पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४४ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।