GBIME

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन

978
shares

काठमाडौं, २२ असार । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा छानबिन गर्नका लागि संसदिय समिति गठन गरिएको छ । बुधबारको संसद बैंकठबाट ११ सदस्यीय संसदीय छानबिन समिति गठन गर्ने प्रस्ताव पारित भएको हो ।

सभामुख अग्नि सापकोटाले प्रस्ताव गरेको ११ सदस्य विशेष छानबिन समिति गठन गर्नका लागि प्रस्ताव गरेका थिए । जसअनुसार छानबिन समितिमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य रहेका छन् ।

समितिले करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा सत्य÷तथ्य खोजेर प्रतिवेदन बनाएर पेस गर्नेछ । समितिलाई दश दिनको समय दिइएको छ ।