Dhulikhel Eco Banner new

माओवादी केन्द्र राजपुरले गर्‍यो सातजनालाई कारबाही

4.04K
shares

देउखुरी, ५ असोज । नेकपा माओवादी केन्द्रले दाङको राजपुर गाउँपालिका कमीटीका अध्यक्ष सहित ७ जनालाई कारवाही गरेको छ । गाउँकमिटीको बैठकले स्थानीय तहमा पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै विभिन्न कमिटीमा रहेका ७ जनालाई कारवाही गरेको हो ।

कारबाहीमा पर्नेमा पार्टी सदस्य अमर राज गिरी, बिस्नु बुढा, गोमा अधिकारी, मोहन लाल बिक, वडा नम्बर २ पार्टी अध्यक्ष तुल्सीराम बुढा, वडा नम्बर ५ पार्टी अध्यक्ष अमर बोहोरा र वडा नम्बर ७ का उपाध्यक्ष साबित्रा केसी रहेका छन् । उनीहरुलाई कारबाही गरिएकको र उनीहरुको ठाउँमा मिना भण्डारी, राजबहादुर यादव, उमा गिरी, पुष्पा चौधरी, दलबहादुर घर्तीलाई जिम्मेवारी दिएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा राजपुर गाउँपालिका इञ्चार्ज चक्र बहादुर खड्का शिखरले जानकारी दिए ।

बैठकले राजपुर गाउँपालिका वडा नम्बर ४ र ५ मा असोज छ गते, २ र ३ मा असोज ७ गते, १ मा ८ गते, ७ मा ९ गते र ६ नम्बर वडामा ११ गते वडा कमिटीको बैठक बस्ने समेत निर्णय गरेको छ । यस्तै बैठकले जन वर्गिय संगठन/मोर्चाका वडा र पालिका स्तरमा बैठक र भेला गर्ने, मत सर्बेक्षण गर्ने तथा संघीय र प्रदेश सभाको निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ ।

बैठक नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका पार्टी अध्यक्ष श्यामबहादुर रोकाको अध्यक्षता एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दामा शर्माको प्रमुख अतिथि तथा प्रदेश कमिटी सदस्य एवम् राजपुर गाउँपालिका इञ्चार्ज चक्रबहादुर खड्काको विशिष्ट अतिथिमा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन पार्टीका सचिव विष्णुप्रसाद यादवले गरेका थिए ।