Dhulikhel Eco Banner new

नेमकिपा जनतालाई जागरुप बनाउने कार्यमा छ : अध्यक्ष खत्री (भिडियो सहित)

8.96K
shares

काठमाडौं, १३ कात्तिक । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) अहिले पनि जनतालाई जागरुप बनाउने काममा नै केन्द्रीत रहेको सो पार्टीका उदयपुर जिल्ला कमीटी अध्यक्ष विष्णु खत्रीले बताएका छन् । केटिएम भ्वाइससँगको सम्वादका क्रममा अध्यक्ष खत्रीले जनता सचेत नभएसम्म देश परिवर्तन नहुने भएकाले आफ्नो पार्टी त्यस तर्फ केन्द्रित भइरहेको बताएका हुन् ।

पुँजीबादी पार्टीहरुले जनतालाई खरिद गरेर जित्ने गरेको भन्दै स्वच्छ रुपमा चुनाव जित्नका लागि जनता नै सचने हुनु पर्ने उनको भनाइ थियो । उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट नेमकिपाको उम्मेदवार समेत रहेका उनले आफूले चुनाव जितेमा भक्तपुर नगरपालिकाले गरेजस्तै विकास गर्ने दावी गरे ।

जनाताका गास, बास, कपासका साथै शिक्षा स्वाथ्यका क्षेत्रमा सुधारका गर्न आफू लागिरहने उनले भनाइ थियो । नेपालमा कम्युनिष्टको नाममा कमाउनिष्टहरुले राज्य गरिरहेको उनको आरोप छ ।

भिडियो