Dhulikhel Eco Banner new

काठमाडौं ७ मा समानुपातिकमा पनि घण्टीको अग्रता

4.68K
shares

काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । बिहान ९ बजेसम्मको मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २२२ मतका साथ अग्रता लिँदा एमाले ८४ मतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै राप्रपाले ७८ मत पाएर तेस्रो स्थानमा रहँदा नेकपा एसले ७१ मत पाएको छ भने कांग्रेस ५३ मतसहित पाँचौ स्थानमा छ ।

सो क्षेत्रमा लौरोले ५१ मत पाएको छ भने नेमकिपाको मादलले ४० मत पाएको छ । माओवादी केन्द्रले २७ मत पाउँदा जसपाको २५ मत आएको छ ।