GBIME

ललितपुर क्षेत्र न.३ मा एमालेका अमृतलाई स्वतन्त्र पार्टीकी तोसिमाको टक्कर

966
shares

काठमाडौं, ५ मंसिर । ललितपुरको क्षेत्र नम्बर ३ मा मतगणना भईरहेको छ । एमालेका अमृत खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले कडा टक्कर दिईरहेकी छिन । ।

अहिलेसम्मको मतगणनामा खड्काले ५१३ मत ल्याउँदै अग्रस्थान कायम गरेका हुन् । तोसिमाले उनलाई पछ्याउँदै ४९८ मत ल्याएकी छन् । अमृत र तोसिमाको दुरी १५ मतको मात्र छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा छिन् । उनलाई अहिलेसम्म २९६ मत प्राप्त भएको छ