Mangaldeep Aagarbatti
GBIME

बैतडी जिप दर्घटना : मृत्यु भएका ४ को सनाखत

1.27K
shares

काठमाडौं, ५ मंसिर । बैतडीमा जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना प्रहरीको सनाखत भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउद र विर्ख बहादुर विष्ट रहेका छन् ।

प्रहरी बोकेको से१ज ८५४ नम्बरको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियोे । २ जन घाइतेलाई हेलिकप्टरबाट नेपालगंज पठाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनका अनुसार ७ प्रहरीको अवस्था गम्भीर छ ।

जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100