प्रकाशमानले पछि पारे रविन्द्र मिश्रलाई
वि.सं.२०७९ मंसिर ५ सोमवार ११:०८
4.88K
shares
shares

काठमाडौं, ५ मंसिर । आइतबार सम्पन्न भएको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । देशका विभिन्न क्षेत्रबाट सुरुवाती मत परिणाम समेत आइरहेको छ ।
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले राप्रपाका रविन्द्र मिश्रलाई पछि पारेका छन् । सुरुवातमा मिश्रले अग्रता लिएको भए पनि अहिले पुन सिंहले अग्रता बनाएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सिंहले ३२६ मत प्राप्त गरेका छन् भने राप्रपाका मिश्रले २८९ मत पाएका छन् ।



















