Dhulikhel Eco Banner new

झापामा प्रदेशभन्दा प्रतिनिधिसभातर्फको बदर मत बढी

4.82K
shares

काठमाडौं, १३ मंसिर । झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख ३६ हजार पाँच सय ८६ मतमध्ये २२ हजार पाँच सय ६४ मत अर्थात् पाँच दशमलव ४५ प्रतिशत मत बदर भएको छ । यसमा प्रदेशको भन्दा प्रतिनिधिसभामा एक हजार तीन सय ९६ मत बढी बदर भएको हो ।

उनले प्रतिनिधिसभाको क्षेत्र नं १ मा खसेको ६७ दशमलव ८१ मतमध्ये पाँच दशमलव ९१ प्रतिशत, क्षेत्र–२ मा खसेको छ दशमलव ६५ मतमध्ये छ दशमलव ९९ प्रतिशत, क्षेत्र नं ६७ दशमलव ५२ मतमध्ये चार दशमलव ६४ मत बदर भएको छ । यसैगरी क्षेत्र नं ४ मा खसेको ६४ दशमलव ५६ मतमध्ये छ दशमलव २१ प्रतिशत, क्षेत्र नं ५ मा ६४ दशमलव १६ प्रतिशत मत खसेकामा पाँच दशमलव ४५ प्रतिशत गरी प्रतिनिधिसभामा कूल मत बदर प्रतिशत पाँच दशमलव ८१ प्रतिशत रहेको प्रमुख निरौलाको भनाइ छ ।

प्रदेशसभातर्फ क्षेत्र नं १ १०मा खसेको ६७ दशमलव ८० मतमध्ये पाँच दशमलव ७२ प्रतिशत, २० मा खसेको ६७ दशमलव ८२ मतमध्ये पाँच दशमलव २७ प्रतिशत मत बदर भएको छ । क्षेत्र नं २ को १०मा ६५ दशमलव नौ प्रतिशत खसेको मतमा नौ दशमलव ४६ प्रतिशत, २० मा खसेको ६५ दशमलव २३ मतमध्ये छ दशमलव ६९ मत बदर भएको छ । क्षेत्र नं ३ को १० खसेको ६७ दशमलव ३६ प्रतिशत मतमध्ये चार दशमलव ३४ मत, २०मा खसेको ६८ दशमलव ६४ मतमध्ये चार दशमलव ३९ प्रतिशत मत बदर भएको कार्यालयको जनाएको छ ।

यसैगरी क्षेत्र नं ४ को १० का ६२ दशमलव ५१ प्रतिशत मतमध्ये पाँच दशमलव आठ प्रतिशत २० मा खसेको ६६ दशमलव सात प्रतिशतमध्ये पाँच दशमलव २७ प्रतिशत मत बदर भएको छ । क्षेत्र नं ५ को १० मा खसेको ६४ दशमलव सात प्रतिशतमध्ये ४ दशमलव ८४ मत र २० मा खसेको ६३ दशमलव ९७ प्रतिशत मतमध्ये चार दशमलव १२ मत बदर भएको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।