अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक
वि.सं.२०८३ जेठ १६ शनिवार १५:३१
shares

काठमाडौं, १६ जेठ। अर्थ मन्त्रालयले आर्थिक विधेयक वेबसाइटबाट हटाएको छ । शुक्रबार बजेट भाषण लगत्तै मन्त्रालयले आर्थिक विधेयक वेबसाइटमा अपलोड गरेको थियो ।
शनिबार दिउँसो सो दस्तावेज वेबसाइटबाट लुकाइएको छ । आर्थिक विधेयकमा कर कानुनहरूमा संशोधन गरी नयाँ दरहरू राखिएको हुन्छ ।
आर्थिक विधेयक वेबसाइटबाट हटाएको विषयमा आफूलाई जानकारी नभएको अर्थ सचिव घनश्याम उपाध्यायले बताए ।
सरकारले आगामी आर्थिक वर्ष २०८३र८३ मा लिइएका विभिन्न कर नीतिलाई लिएर अहिले बहस सुरु भएको छ ।
















