Dhulikhel Eco Banner new

आज देशभर बादल, कतैकतै वर्षा र हिमपातको सम्भावना

585
shares

काठमाडौं । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले हाल देशका विभिन्न भागमा बादल लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भागमा साधारणतया बादल छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकाध स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । केही पहाडी र तराई भागमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । तराई र पहाडका केही स्थानमा हावाहुरी चल्न सक्ने पनि विभागले जनाएको छ ।

राति सुदूरपश्चिमलगायत हिमाली र पहाडी भागमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।