मधेश प्रदेशमा मिर्गौला उपचार सेवा र ट्रमा सेन्टर स्थापना गरिने
वि.सं.२०८३ जेठ १५ शुक्रवार १८:४९
shares

काठमाडौं, १५ जेठ । सरकारले मधेश प्रदेशमा मिर्गौला रोगको उपचार सेवा विस्तार गर्ने र ट्रमा सेन्टर स्थापना गर्ने भएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा उक्त प्रदेशमा विशेष स्वास्थ्य सेवा विस्तार गरिने बताएका छन्। सरकारले मृगौला रोगका बिरामीका लागि उपचार सेवा सहज बनाउन आवश्यक पूर्वाधार विकास गर्ने र दुर्घटना तथा आकस्मिक उपचारका लागि ट्रमा सेन्टर स्थापना गर्ने योजना अघि सारेको छ।
मधेश प्रदेश मा स्वास्थ्य सेवा सुदृढ गर्ने यो योजनाले स्थानीय बासिन्दालाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








