Dhulikhel Eco Banner new

बजेटमाथि प्रतिनिधि सभामा तीन दिन छलफल

494
shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि अब प्रतिनिधि सभामा विस्तृत छलफल हुने भएको छ । यसका लागि सदनले लगातार तीन दिनको समय छुट्याएको छ ।

वाग्लेले बजेटसम्बन्धी विधेयक सदनमा पेस गरेलगत्तै सभामुख डोलप्रसाद अर्यालले छलफलको कार्यतालिका सार्वजनिक गरेका हुन् । उनका अनुसार आगामी जेठ १८, १९ र २० गते गरी तीन दिन यसमाथि सांसदहरूले बहस गर्नेछन् ।

सभामुख अर्यालले यो अवधिमा सांसदहरूले बजेटका विभिन्न पक्षमा आफ्ना विचार र असहमति राख्न पाउने जानकारी दिए । सांसदहरूका तर्फबाट उठ्ने जिज्ञासा र प्रश्नमाथि सरकारले पनि सोही क्रममा स्पष्टीकरण दिने उनले बताए ।