Dhulikhel Eco Banner new

गतिरोध अन्त्यका लागि बैठक, शीर्ष नेताहरू अनुपस्थित

884
shares

काठमाडौं,२५ जेठ। संघीय संसद्मा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको बैठकमा चार दलका सभापति तथा अध्यक्ष सहभागी भएका छन् ।

सोमबारको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलमध्ये ४ दलका शीर्ष नेतृत्वकर्ता सहभागी भएनन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सहभागी भएनन् ।

यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बैठकमा सहभागी भएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल तथा नेता वर्षमान पुन लगायत सहभागी छन् ।