प्रतितोला ८ हजार १ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ २५ सोमवार ११:०९
1.21K
shares
shares

काठमाडौं, २५ जेठ । स्थानीय बजारमा सोमवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य ८ हजार १ सयले घटेको छ ।
महासंघका अनुसार आइतवार प्रतितोला ३ लाख ८ हजारमा कारोबार भएको सुन सोमवार घटेर प्रतितोला २ लाख ९९ हजार ९ सयमा कायम भएको छ ।
त्यसैगरी, सोमवार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आइतवार प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कायम भएको चाँदी सोमवार ४ हजार ९ सय ५ रुपैयाँमा कायम भएको हो
















