Dhulikhel Eco Banner new

सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरतर्फ, असार १४ मा वार्षिक साधारण सभा

611
shares

काठमाडौं, २५ जेठ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई आगामी असार १४ गते वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले १५ औं वार्षिक साधारण सभा मोरङको विराटनगरस्थित होटल रुविजमा बोलाएको हो। उक्त सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सो सभामा सप्तकोशी डेभलपमेन्ट बैंक अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति मर्जर प्रक्रियामा अघि बढ्ने निर्णय गरेको हो। सभाले मर्जर तथा एक्विजिसनसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। त्यस्तै, मर्जर प्रक्रियाका लागि आवश्यक मूल्याङ्कनकर्ता नियुक्ति, सम्पत्ति तथा दायित्वको मूल्याङ्कनलगायतका कार्य गर्न पनि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव रहेको छ।

यसैगरी, सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सो सभा प्रयोजनका लागि बैंकले आउँदो असार २ गतेदेखि असार १४ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ। जसको अर्थ असार १ गतेसम्म नामसारी भई कायम रहेका शेयरधनीहरूले मात्रै सो सभामा सहभागी हुन पाउनेछन्।