सीजीको ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना, टिभी खरिदमा ३६ हजारसम्म क्यासब्याक
वि.सं.२०८३ जेठ २५ सोमवार १२:५८
shares

काठमाडौं, २५ जेठ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको माहोललाई लक्षित गर्दै नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ योजना सार्वजनिक गरेको छ ।
प्रिमियम सिरिज सीजी मेरिडियाले ‘वर्ल्ड कप टु वर्ल्ड कप’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको हो । ‘चार वर्षको खेल, चार वर्षकै वारेन्टी’ नारासहित ल्याइएको यो योजना विश्वकपको चारवर्षे चक्रलाई आधार बनाएर ग्राहकलाई दीर्घकालीन सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार योजनाअन्तर्गत सीजी तथा सीजी मेरिडिया ब्रान्डका टेलिभिजन खरिद गर्ने ग्राहकले ३६ हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसका साथै चयनित मोडलहरूमा चार वर्षसम्मको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराइएको छ ।
उक्त वारेन्टीअन्तर्गत ग्राहकले दुई वर्षको पूर्ण वारेन्टी तथा थप दुई वर्षको सेवा वारेन्टी प्राप्त गर्नेछन् । कम्पनीले यो सुविधा उपयोग गर्न टेलिभिजन खरिदपछि वारेन्टी दर्ताका लागि टोल–फ्री नम्बर १६६००१०२२११ मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले नागरिकताको आधारमा सहज किस्ताबन्दी सुविधासमेत उपलब्ध गराएको छ । यसअन्तर्गत झन्झटिलो कागजी प्रक्रियाबिना नै ग्राहकले सजिलो किस्ताबन्दीमार्फत टेलिभिजन खरिद गर्न सक्नेछन् ।
सीजीका अनुसार ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना २०८३ जेठ २१ गतेदेखि साउन ३ गतेसम्म देशभर लागु हुनेछ । यो अवधिभर ग्राहकले योजनाअन्तर्गतका सम्पूर्ण सुविधा प्राप्त गर्न सक्नेछन् । विगत दुई दशकदेखि नेपाली उपभोक्तामाझ स्थापित सीजी ब्रान्डका टेलिभिजनहरू देशभर रहेका २१ वटा सीजी डिजिटल शोरुम, आधिकारिक विक्रेता सञ्जाल तथा कम्पनीका अनलाइन प्लेटफर्ममार्फत खरिद गर्न सकिनेछ ।
कम्पनीले देशभर सञ्चालनमा रहेका ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवासमेत उपलब्ध गराउँदै आएको छ ।
















