Dhulikhel Eco Banner new

बेवारिसे बन्दै भेटिएको टुकुचा, सडक भास्सियो, दुर्गन्ध बढ्यो (भिडियोसहित)

8.63K
shares

काठमाडौं, २३ मंसिर । काठमाडौं महानगरपालिकाले केही समय अघि सुरुङ भित्र रहेको टुकुचा खोला बाहिर निकाल्यो । लामो समयदेखि जमिनमुनि पुरिएको खोलालाई बारिह ल्याउने भन्दै जयनेपाल हल परिसरमा उत्खनन् गरेर खोलालाई बाहिर देखाउने काम गरियो ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले अतिक्रमण भएका सरकारी जग्गा फिर्ता ल्याउने भन्दै धमाधम भौतिक संरचनाहरु भत्काउन थाले । त्यो कार्यको निकै प्रशंसा समेत भयो । तर केही काममा अदालतले अंकुश लगाइदिएको छ । जसले अहिले टुकुचा खोला उत्खनन्को काम रोकिएको छ ।

उत्खनन् गरिएको स्थानमा सडक पेटी समेत भास्सिएको अवस्था छ । त्यस्तै खुल्ला रुपमा बग्ने दुगन्धीत पानीका कारण पनि वरपर हिडडुल गर्नेहरुलाई पनि समस्या भोगिरहेका छन् ।
सुरुङ भित्र रहेको अवस्थाबाट बाहिर निकाल्दा खनिएको ठाउँमा सडक पेटी भास्सिएका कारण त्यो क्षेत्रमा ओहोरदोहोर गर्नेहरुले सडकमा नै हिड्नु पर्ने बाध्यता सिर्जना भएको छ । सुरुमा काम गर्दा सो खोला माथि बनेका भौतिक संरचना सबै भत्काउने र खालो देख्न पाइने आसामा रहेका स्थानीय अहिले भने निशास बनेका छन् ।

अहिले टुकुचा उत्खनन्को कार्य अदालतका कारण रोकिएको छ । अदालत रोक लगाएका कारण अहिले काम रोकिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए । ‘अदालतले तत्काल काम नगर्न नगराउन भनेकाले रोकिएको हो, अदालतबाट निर्णय भएपछि थप प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

पुरातत्व विभागले पनि त्यहाँ प्रयोग भएका इट्टाहरु पुरातात्विक महत्वका भएकाले नहटाउने भनेको थियो । भत्काएको ठाउँमा पुन निर्माण नगर्दा सडक भासिएको छ भने फोर पानीले त्यो क्षेत्रमा दुर्गन्ध समेत फैलिएको छ ।

वर्षातको समय नरहेकाले अहिले त्यति समस्या आएको छैन् । टुकुचा उत्खनन्को कार्यलाई अर्को वर्षात सुरु हुनुभन्दा अघि नै व्यवस्थापन गर्न सकिएन भने ठूलो दुर्घटना समेत निम्तन सक्ने देखिन्छ ।

भिडियो