Dhulikhel Eco Banner new

नेपाल रेडक्रसद्वारा ‘द चेञ्ज मेकर’ अभियान सुरु

4.73K
shares

काठमाडौं, २३ मंसिर । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी नेरेसा आबद्ध युवा स्वयंसेवकले ‘द चेञ्ज मेकर’ नामक जलवायु परिवर्तन सम्बन्धी देशव्यापी अभियानको सुरूआत गरेका छन् ।

रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीले सहजीकरण गरेको सो अभियानले देशभरका १३ देखि ३० वर्ष मुनिका युवालाई नेपालमा जलवायु परिवर्तनसम्बन्धी कार्यको लागि संलग्न गराउने ध्येय राखेको छ ।

यसका लागि ती उमेर समूहका युवालाई जलवायु परिवर्तनमा आफ्ना नवीनतम् विचार र समाधानका उपाय भिडियोमार्पmत पेस गर्न आह्वान गरेको छ । कार्यक्रममा अभियानको नेतृत्व गरिरहेका युवा समूहका सदस्यले अभियानको हिस्सा बन्नका लागि उद्देश्य, आवेदन प्रक्रिया, अनुदान कार्यान्वयन र छनोट संयन्त्रका बारेमा युवाले नेरेसो केन्द्रीय कार्यालयमा हालै औपचारिक कार्यक्रम आयोजना गरी अभियानको थालनीसमेत गरेका छन् ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका सहसचिव अर्जुनबहादुर श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्दै सबै पालिकामा नेपाल रेडक्रसका जुनियर युवा रेडक्रस सर्कललाई सहभागी गराएर जलवायु परिवर्तनको अभियान सञ्चालन गर्न सकिएमा अझ प्रभावकारी हुने बताए ।

उनले नेपाल रेडक्रसले सञ्चालन गरेको यस अभियानमा सहयोग र सहजीकरणका लागि मन्त्रालयको साथ रहने जानकारी दिए । नेरेसोका निर्देशक उमेशप्रसाद ढकालले जलवायु परिवर्तन वर्तमान र भावी पुस्ताका लागि सबैभन्दा महत्वपूर्ण मुद्दामध्ये एक भएको बताए ।