मन्त्रिपरिषद् विस्तार हुँदै, गृहमा श्रेष्ठ र रक्षामा खड्का
वि.सं.२०७९ चैत १६ बिहीवार १०:५०
shares

काठमाडौं, १६ चैत । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गीएको छ । मन्त्रालयका संख्याको विषय टुङ्गिएसँगै आज नै मन्त्रिपरिषद् विस्तार समेत हुने भएको छ ।
नयाँ मन्त्रिको शपथ ग्रहण अपरान्ह ४ बजे हुने भएको छ । स्रोतका अनुसार बिहीबार दिउँसो ४ बजेका लागि नयाँ मन्त्रिको शपथ ग्रहरणको कार्यक्रम तय गरिएको छ । सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने भएको छ ।
कांग्रेसबाट सरकारमा नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारीमा जाने भएका छन् । त्यस्तै, अर्थमन्त्री डा। प्रकाशशरण महत बन्ने भएका छन् । परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ । यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निर्णय भइसकेको छैन ।
कांग्रेसले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सो बैठकले नयाँ मन्त्रीहरूको नामावली टुंगो लगाउँदैछ । त्यस्तै, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ । श्रेष्ठ गृहमन्त्री बन्ने छन् ।
श्रेष्ठले सम्हाल्दै आएको भौतिक मन्त्रालयको नेतृत्व भने एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा वेदुराम भुसाल नियुक्त हुँदैछन् । ऊर्जा मन्त्रालय माओवादीको भागमा परेको छ । २ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको जनता समाजवादी पार्टी ९जसपा० ले शहरी विकास मन्त्रालय पाउने सम्भावना रहेको स्रोतले जानकारी दियो ।



















