Dhulikhel Eco Banner new

व्यवसायीलाई निराश नहुन उपप्रम श्रेष्ठकाे आग्रह

4.81K
shares

काठमाडाैं, १६ चैत । उपप्रधानमन्त्री तथा भाैतिक पूर्वाधार  तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले व्यवसायीलाई निराश नहुन आग्रह गरेका छन् ।  बिहिबार  नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघकाे  १४ औँ वार्षिक साधारणसभामा बाेल्दै मन्त्री श्रेष्ठले यस्ताे आग्रह गरेका हुन् ।

अहिलेकाे सरकारले अर्थतन्त्रलाई सहि दिशामा ल्याउन ठाेस काम गर्ने उनकाे भनाइ थियाे । अहिले अर्थतन्त्र कमजाेर भएकाले सुधारका लागि सरकार गम्भीर रहेकाे उनकाे भनाइ थियाे । व्यापार घाटा कम गर्न सरकार लागिरहेकाे उनले बताए । समस्या समाधानका लागि सुझाब दिन पनि व्यवसायीहरुसँग मन्त्री श्रेष्ठले आग्रह गरे । नयाँ अर्थमन्त्री आए पछि थप रफ्तारमा काम हुने श्रेष्ठकाे भनाइ छ ।