Dhulikhel Eco Banner new

अहिलेकाे समस्या आउनुमा सबै जिम्मेवार छाैँ : अध्यक्ष गाेल्छा

5.2K
shares

काठमाडाैं, १६ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेरख गोल्छाले देशमा अहिलेको अवस्था आउनुमा सबै जिम्मेवार रहेको बताएका छन् ।  बिहिबार  नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघकाे १४ औँ वार्षिक साधारणसभामा बाेल्दै अध्यक्ष गाेल्छाले यस्ताे बताएका हुन् ।

‘देशकाे अर्थतन्त्र अहिलेकाे अवस्था आउनुमा हामी सबै जिम्मेवार छाैँ सबैले यसमा जिम्मेवारी लिएर अघि बढ्नु पर्छ,’ उनले भने । अहिलेकाे अवस्थामा एक पक्षलाई दाेष दिन नहुने उनकाे भनाइ थियाे । यसमा सरकार र व्यवसायी सबैले जिम्मेवारी लिनु पर्ने उनकाे तर्क थियाे ।