पोखरामा रास्वपा कार्यकर्ता र सहकारी पीडितको नाराबाजी
वि.सं.२०८१ असोज ७ सोमवार १२:४८
shares

काठमाडौं, ७ असोेज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गर्न थालेपछि पोखरामा सहकारी पीडित पनि प्रदर्शनमा पुगेका छन् । पोखरा सहिदचोकमा रास्वपाका कार्यकर्ता र सहकारी पीडित आमनेसामने भएका हुन् ।
दुई पक्ष सडकको दुई किनारामा नाराबाजी गरिरहेका छन् । सहकारी पीडितहरुले‘सहकारी रकम अपचलन गर्ने रविलाई कारवाही गर’ भन्दै नाराबाजी गरिरहँदा रास्वपाका कार्यकर्ताले राजनीतिक प्रतिशोध बन्द गर, फाशिष्ट सरकार मूर्दावाद,सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाइरहेका छन् ।

















