Dhulikhel Eco Banner new

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.52K
shares

काठमाडौं, १९ जेठ । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २२.२१ अंकले बढेर २७७७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब २६ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा नबिल डिबेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.५९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले ४.४९ प्रतिशतका दरले गुमाएका छन् भने झापा इनर्जी लिमिटेडका लगानीकर्ताले ४.१९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३.०१ प्रतिशतका दरले गुमाएका छन् भने बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका छन् ।