Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको भवन

533
shares

 

पुनर्निर्माण गरी हस्तान्तरण सम्पन्न

ज्येष्ठ १८, २०८३, काठमाडौं
सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा नवनिर्मित कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्ला, सानीभेरी
गाउँपालिका वडा नं. १, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयकोभवन (सुलभ पहुँचयुक्त
शौचालय सहित) आज समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । वि.सं. २०८० साल
कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य
सम्पन्न गरी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वर प्रसाद बस्यालज्यूले भवनको समुद्घाटन
गरी विद्यालयका प्रधानाध्यापक श्री हस्ां बहादुर खड्काज्यूलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको
हो।
विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ्ग अधिकृत श्री सुरेश राज
महर्जनज्यू, कर्पोरेट बैंकिङ्ग प्रमुख श्री प्रशन्न खड्काज्यू, लघु साना तथा मझौला उद्यम बैंकिङ्ग प्रमुख
श्री प्रदिप पन्तज्यू, मुसिकोट शाखा प्रबन्धक श्री धर्मनन्द अवस्थीज्यू, सानीभेरी गाउँपालिकाका अध्यक्ष
श्री विर्ख बहादुर विष्टज्यू, उपाध्यक्ष श्री कमला रोका पुनज्यू, सानीभेरी गाउँपालिका वडा नं. १ का
अध्यक्ष श्री टेक बहादुर पुनज्यू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री गगन बहादुर खड्काज्यू,
शिक्षकवर्ग, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वर प्रसाद बस्यालज्यूले विद्यालय
भवन निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई भूकम्पपछिको पुनःस्थापना,
बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षा मार्फत समाज रूपान्तरण
गर्ने साझा संकल्पको प्रतिक भएको बताउनुभयो । विद्यालय केवल शैक्षिक पठनपाठनको स्थान मात्र
नभई बालबालिकाको भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारभूमि हो । आजको बालबालिका नै भोलिको
समृद्ध राष्ट्र निर्माणका आधार हुन्, त्यसैले उनीहरूलाई समयसापेक्ष, गुणस्तरीय र समावेशी सीप,
ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माण तर्फको पहिलो र महत्वपूर्ण
पाइला हुनेविश्वासका साथ बैंकले भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेकोहो ।
उक्त नवनिर्मित भवनले विद्यार्थीहरूमा सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षण–
सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै नियमित पठनपाठनको निरन्तरता र समग्र
शैक्षिक वातावरण सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास बैंकले लिएको छ ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा
पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी
दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।