Dhulikhel Eco Banner new

यी हुन आज शेयर बजारमा सबैभन्दा बढी कमाउने १० कम्पनी

7.09K
shares

काठमाडौं, १६ साउन । शेयर बजार कारोबार हुने हप्ताको दोस्रो दिन नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । कारोबार सुरु भएदेखि नै निकै अस्थिर रहेको शेयर बजार कारोबार बन्द हुने समयमा १ दशमलव १५ अंकले वृद्धि भएको हो ।

शेयर बजार परिसूचक १ दशमवल १५ अंकले बढेर २१९६ दशमलव २५ विन्दुमा पुगेर आजको कारोबार रोकिएको छ । कारोबार रकम ४ अर्बमाथि रहेको २१७ कम्पनीका १० लाख बढी कित्ता शेयर कारोबार भएको छ ।

यी हुन धेरै कमाउने १० कम्पनी :

साताको पहिलो दिन धेरै कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने सोमबार भने त्यस्तो अवस्था देखिएन् ।

सामबार शेयर कारोबार भएका २१७ कम्पनीमध्ये सबैभन्दा बढी बुटवल पावर कम्पनीको शेयर मूल्यमा ६ दशमलव ९५ प्रतिशतको वृद्धि भएको छ । कम्पनीको शेयर मूल्यमा अघिल्लो कारोबारभन्दा २४ रुपैयाँ १० पैसाले बढेर ३७१ रुपैयाँ पुगेको हो । त्यस्तै सिटिजन म्युच्युअल फण्डको शेयर पनि ६ दशमवल ४५ प्रतिशतले बढेको छ । यो फण्डको मूल्य प्रति इकाई ० दशमलव ६० रुपैयाँले बढेर ९ रुपैयाँ ९० पैसा पुगेको छ ।

सोमबारको कारोबार बन्द हुँदा गुडवील फाइनान्सको शेयर मूल्यमा पनि ६ दशमलव २३ प्रतिशतको वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ३४ रुपैयाँ ४० पैसाले वृद्धि भएर ५८७ रुपैयाँ पुगेको छ । दोर्दीखोला जलविद्युत कम्पनीको शेयर मूल्यमा पनि ५ प्रतिशतभन्दा बढीले बढेको छ । कम्पनीको शेयर मूल्य ५दशमलव ५७ प्रतिशले बढेर ३३३ रुपैयाँ ६० पैसा पुगेको छ ।

यसैगरी, हाइड्रो इलेक्टीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा पनि ५ दशमलव शून्य ७ प्रतिशतले वृद्धि भएर २३६ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबारकोभन्दा ११ रुपैयाँ ४० पैसा बढी हो । आज हिमालयन बैंकको शेयर मूल्य पनि ४ दशमलव ८१ प्रतिशत अर्थात १५ रुपैयाँले बढेर ३२७ रुपैयाँ पुगेको छ ।

आज शेयर मूल्यमा भएका वृद्धिका आधारमा शिर्ष १० मा परेको अर्को कम्पनी हो युनाइटेड आइडीआए मर्दी आर बी आइड्रोपावर । कम्पनीको शेयर मूल्यमा ४ दशमलव ७० प्रतिशतले बढेर ८०६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारभन्दा ३६ रुपैयाँ २० पैसाले बढी हो । त्यस्तै सालटेड्रिङ कपोरेसनको शेयर मूल्य पनि ४ दशमवल १९ प्रतिशतले बढेर ४ हजार ३५० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १७५ रुपैयाँ बढी हो ।

नेपाल यन्स्योरेन्स कम्पनीको शेयर मूल्य ४ दशमवल शून्य ६ प्रतिशतले बढेर ५३८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनकोभन्दा २१ रुपैयाँले बढी हो । त्यस्तै सिभम सिमेन्टको शेयर मूल्य पनि ३ दशमलव ६७ प्रतिशले बढेर ८४८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनकोभन्दा ३० रुपैयाँले बढी हो ।