श्वेतगंगा हाइड्रोपावरको पहिलो कारोबारमै सकारात्मक सर्किट
वि.सं.२०७९ भदौ १ बुधवार १५:३३
shares

काठमाडौं, १ भदौ । श्वेतगंगा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार भएको पहिलो दिन नै सकारात्मक सर्किट लागेको छ । बुधबारदेखि कारोबार सुरु भएको कम्पनीको शेयर १० प्रतिशतले बढे पछि सर्किट ब्रेक लगाउनु परेको हो ।
बुधबार सामान्य गिरावट आएको शेयर बजारमा पहिलो कारोबार भएका तीन हाइड्रोपावरको शेयरमा उल्लेख्य वृद्धि भएको छ । आज श्वतगंगाको शेयर १० प्रतिशतले बढेर २९५ रुपैयाँ ५ पैसा कायम भएको छ । त्यस्तै आज नै कारोबार सुरु भएको मन्दाकिनि हाइड्रोपावरको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेर २६१ रुपैयाँ पुगेको छ । आजनै कारोबार सुरु भएको अपर सालुको पनि ९.९८ प्रतिशतले बढेर ३५७ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै अपर हेवाखोलाको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेर २०५ रुपैयाँ ९० पैसा पुगेको छ । आज शेयर मूल्यमा सबैभन्दा धेरै वृद्धि हुने कम्पनीको शिर्ष पाँचमा ४ वटा हाइड्रोपावर रहेका छन् । शिर्ष पाँचमा रहेको सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेर १ हजार ४६३ रुपैयाँ पुगेको छ ।















