Dhulikhel Eco Banner new

धौलागिरी लघुवित्तको आईपीओ भालि बाँडफाँट हुदै, ५ भाग्यमानीले ११ कित्ता पाउने

4.63K
shares

काठमाडौं, ७ भदौ । धौलागिरी लघुवित्तको वित्तीय संस्था लिमिटेडको आईपीओ  बुधबार बिहान १० बजे बाँडफाँट हुने भएको छ ।

आईपीओ बाँडफाँट लघुवित्तको बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा हुनेछ । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका बमोजिम हुने बाँडफाँटमा ५ जनाले ११ कित्ताकादरले र ३० हजार ९२४ जनाले १० कित्ता पाउनेछन् ।

निर्देशिका बमोजिम न्ययूनतम १० कित्ता सेयर बाँडफाँड गर्नुपर्ने हुन्छ । उच्च आवेदनका कारण लघुवित्तको आईपीओ एक सय जनामा २ जनाले मात्र पाउनेछन् भने ९८ जनाको हात खाली हुनेछ ।

लघुवित्तले गत साउन २४–२९ गते सम्म आइपिओ बिक्री गरेको थियो । कुल ३ लाख ३१ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएर बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

अन्तिम दिनसम्म आईपीओमा १९ लाख ५२ हजार ४६० वटा संख्याबाट २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयरको माग भएको छ । जुन सर्वसाधारणबाट मागिएको आवेदनको ७०.२३ गुणा हो ।