Dhulikhel Eco Banner new

दशैँ अघि करिब १५ अंकले बढेको नेप्से दशैँपछि कस्तो रहला ?

5.23K
shares

काठमाडों, २३ असोज । दशैँभन्दा अघिको साता नेप्से परिसूचक करिब १५ अंकले बढेर कारोबार रोकिएको थियो । असोज १४ गतेदेखि बन्द भएको नेप्से त्यो हप्ता १४ दशमवल ८० अंकले बढेको थियो ।

पाँच दिन कारोबार भएको सो हप्तामा नेप्से परिसूचक १८५३ दशमवल ७६ विन्दुमा पुगेको थियो । सो हप्ता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार बढेको थियो भने दुई दिन भने कारोबार नकारात्मक रहेको थियो ।

यस अनुसार दशैँपछि अर्थात यस साता नेप्से परिसूचक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ । त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ । नेप्से बढेपनि सो साता भोल्यूम भने कमजोर रहेको थियो । सो साता नेप्सेमा दैनिक औषतमा ७१ करोड ३३ लाख रुपैयाँ बराबरका मात्र शेयर कारोबार भएको थियो । नेप्सेको २० दिने औषत भोल्यूम ९८ करोड ९६ लाख रुपैयाँ रहेको छ । २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २७.९२ प्रतिशत कम हो ।

दशैँ अघिको साता १३ उपसमूहको परिसूचकमध्ये ७ उपसमूहको परिसूचक बढेको थियो भने ५ उपसमूहको परिसूचक घटेको थियो । बाँकी १ उपसमूहको परिसूचक स्थिर रहेको थियो । सो साता बैंकिङ्ग उपसमूहको परिसूचक १.६६ प्रतिशत बढेको थियो । सो भन्दा अघिल्लो साता १२८१.०९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक दशैँको अघिल्लो साता २१.२७ अंक बढेर १३०२.३६ विन्दुमा बन्द भएको थियो ।