Dhulikhel Eco Banner new

सि–आश्वा शुल्क नलिने बैंकको संख्या ७ पुग्यो

5.92K
shares

काठमाडों, २३ असोज । पछिल्लो समय बैंकहरुले सि–आश्वा शुल्न नलिने घोषणा गर्नेक्रम बढ्दै गएको छ । केही समय अघिसम्म १०० रुपैँयासम्म शुल्क लिइरहेका बैंकहरुको शुल्क ५ रुपैयाँ कायम भएको छ भने ७ वटा बैंकबाट शेयर भर्दा कुनै शुल्क लाग्दैन् ।

हालसम्म नबिल, सिद्धार्थ, नेपाल बैंक, कुमारी, सानिमा, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । यी बैंकमा खाता भएका शेयर धनीले शेयर भर्दा सि– आश्वा शुल्क तिर्नु पर्दैन् । यी बैंकहरुबाट लगानीकर्ताले बैंकको कुनै पनि खाताबाट प्राथमिक शेयर, हकप्रद शेयर लगायतका विभिन्न धितोपत्रमा आवेदन दिँदा कुनै पनि शुल्क तिर्नु पर्दैन् ।

नेपाल धितोपत्र बोर्डले पनि सि–आस्वा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । सो व्यवस्थापछि अहिले सातवटा बैंक बाहेक अन्य बैंकबाट शेयर आवेदन दिँदा ५ रुपैयाँ शुल्क लाग्छ ।

बोर्डको यो व्यवस्था पछि हिमालयन, लक्ष्मी, माछापुछ्रे, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स, कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी कमर्सियल बैंक, सटिजन्स, सिभिल, एभरेष्ट, ग्लोबल, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबिआई, एनएमबि, प्रभु, प्राइम कमर्सियल, स्टान्डर्ड चाटर्ड बैंक र सनराइज बैंकले पनि ५ रुपैयाँ शुल्क लिने गरेका छन् ।