तीन लघुवित्तको शेयर मूल्य समायोजन
वि.सं.२०७९ चैत १ बुधवार ११:३६
shares

काठमाडौं, १ चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा बुधबार आरएमडीसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले आरएमडीसीको २६ प्रतिशत, समता घरेलुको १५ प्रतिशत र मनकामना स्मार्टको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
समायोजपश्चात आरएमडीसी लघुवित्तको शेयरमूल्य ७३८ रुपैयाँ २५ पैसा कायम भएको छ भने समता घरेलु लघुवित्तको ६३९ रुपैयाँ ५७ पैसा कायम भएको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्तको ७२५ रुपैयाँ ५४ पैसा कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी लघुवित्तहरुको शेयर कारोबार खुल्नेछ ।



















