उमेशलालसँग भिड्न अन्जनले बनाए टिम
वि.सं.२०७९ चैत १ बुधवार ११:४८
shares

काठमाडौं, १ चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठसँग भिड्नका लागि अन्जन श्रेष्ठले आफ्नो टिम सार्वजनिक गरेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले तीन उपाध्यक्षको नाम सहित आफ्नो टिम टुङ्ग्याएका हुन् ।
चैत २८ गते हुने महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि उमेश र अन्जन बिच भिडन्त हुने भएको हो । अन्जनको टिमबाट वस्तुगत तर्फको उपाध्यक्ष मनिषलाल प्रधान रहका छन् । त्यस्तै जिल्ला नगरको उपाध्यक्षमा अरुणराज सुमार्गी र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदावार बन्ने भएका छन् ।
आगामी कार्यकालका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्र प्रसाद ढकाल स्वतः अध्यक्ष बन्ने छन् । वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल, जिल्ला नगरको उपाध्यक्षमा अहिलेका उपाध्यक्ष दिनेश श्रेष्ठ र एसोसिएट तर्फको उपाध्यक्षमा भरत आचार्य उम्मेदवार बनेका छन् ।



















