रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन
वि.सं.२०७९ जेठ ४ बुधवार १०:३३
shares

काठमाडौं, ४ जेठ । रिभर फल्स पावर लिमिटेडले आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ । बैशाख २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । सर्वसाधारणका कागि एक सय रुपैयाँ मूल्यका सेयर आवेदन दिनका लागि आज बुधबार साँझ ५ः३० बजेसम्मको समय रहेको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । बाँकी रहेका २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।















