Dhulikhel Eco Banner new

ओरालो लाग्यो शेयर बजार, कारोबार रकममा भारी गिरावट

5.99K
shares

काठमाडौं, ६ असार । कारोबारको चौथो दिन शेयर बजारमा १४ अंकको गिरावट आएको छ । आज १४ दशमलव ०५ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०५० दशमलव ७८ विन्दुमा पुगेको छ ।

बुधबार २७१ कम्पनीका ८६ लाख ३९ हजार ६४४ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ४९ करोड ८ लाख १६ हजार २०३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ३ दशमलव ०३ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८६ दशमलव ११ विन्दुमा पुगेको छ ।