Dhulikhel Eco Banner new

नेप्से एक घण्टामै २९२७ बिन्दुमा, ८ अर्ब ५० करोडको कारोबार

3.72K
shares

काठमाडौं, २८ साउन । सोमबार शेयर बजारमा एक घण्टामै साढे ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएसँगै नेप्से परिसूचक ६७ अंक बढेर २९२७ बिन्दुमा कायम भएको छ । दिउँसो १२ बजेसम्म ८ अर्ब ५० करोडको कारोबार भएको हो ।

एक घण्टासम्मको अवधिमा १९७ कम्पनीको मूल्य बढ्दा ३८ को घटेको छ भने ६ को स्थिर रहेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, निफ्रा, शिवम् सिमेन्ट र माथिल्लो तामाकोशी क्रमशः अगाडि रहेको छ ।

त्यसैगरी, बैंकिङ ३.४५, विकास बैंक १.७८, फाइनान्स २.२६, होटल तथा पर्यटन ५.२०, हाइड्रोपावर २.२५, जीवन बीमा ३.२०, माइक्रोफाइनान्स २.०५, निर्जीवन बीमा १.७३, अन्य १.७२ तथा ब्यापार समूह ३.८६ प्रतिशत बढेको छ ।